एकीकृत समाजवादी : प्रत्यक्षमा १० सिट, समानुपातिकमा सातौँ

हिमाल प्रेस ९ मंसिर २०७९ ११:१८
12
SHARES
एकीकृत समाजवादी : प्रत्यक्षमा १० सिट, समानुपातिकमा सातौँ फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालेबाट विभाजित हुँदा माधवकुमार नेपालले एमाले ‘पत्तासाफ’ बनाउने अभिव्यक्ति दिन्थे। प्रत्यक्ष र समानुपातिक गरी एमालेबाट २३ सिट लिएर उनले नयाँ पार्टी बनाए। तर अहिले उनलाई पार्टी फुटाएको औचित्य पुष्टि गर्न गाह्रो परेको छ।

हालसम्म अध्यक्ष नेपालसहित प्रत्यक्षमा १० सिट जितेका छन्। अन्य क्षेत्रमा पनि जित्ने सम्भावना कम छ। हुन त २० ठाउँमा उम्मेदवारी दिएका उनका अन्य उम्मेदवार पनि पछाडि छन्। जारी मतगणनामा इलाम १ मा झलनाथ खनाल एमालेका उम्मेदवारभन्दा पछि छन्। उपमहासचिव जगन्नाथ खतिवडा, विरोध खतिवडा पराजित भइसकेका छन्।

हालसम्म समाजवादीका १० जनाले चुनाव जितेका छन्। यस्तै धादिङ १ बाट उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, सल्यानबाट प्रकाश ज्वाला, बझाङबाट भानुभक्त जोशी, डोटीबाट प्रेमबहादुर आले, दाङ १ बाट मेटमणि चौधरी, बारा ४ बाट कृष्णकुमार श्रेष्ठ, अछाम १ बाट शेरबहादुर कुँवर, दैलेख १ बाट अम्मरबहादुर थापा र डोल्पाबाट धनबहादुर बुढा  विजयी भएका छन्।

यता समानुपातिकमा पनि समाजवादीको कम मत आएको छ। हाल समानुपातिकमा ७२ हजार ६३९ मत प्राप्त गरेका छन्। यो मतपरिणामलाई लिएर अध्यक्ष नेपालले ‘अप्रत्यासित’ भनेका छन्। उनले अब वाम एकता गर्ने संकेत देखाएका छन्। तर प्रत्यक्षमा समाजवादीको यो मतलाई धेरैले उल्लेखीय भनेका छन्।

किनकि, गएको स्थानीय तहको निर्वाचनमा समाजवादीले जम्मा २० सिट जितेको थियो। ‘धेरै ठाउँमा गठबन्धनको मत ट्रान्सफर नहुँदा हार व्यहोर्नु पर्‍यो,’ समाजवादीका प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले भने, ‘हामीले राजनीतिक जित हासिल गर्‍यौँ। चुनावी परिमाण मात्र जित होइन।’

प्रकाशित: ९ मंसिर २०७९ ११:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =