पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई १५ हजार ३ सय ६५ मतान्तरले पराजित गर्दै प्रधान विजयी भएका हुन्।
प्रधानले ३४ हजार ९ सय ५९ मत प्राप्त गर्दा कँडेलले १९ हजार ५ सय ९४ मत प्राप्त गरेका छन्। नेकपा एमालेका दीपेन्द्र अधिकारीले १४ हजार ४ सय ९८ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्। यसअघि राप्रपाले ४ सिट जितिसकेको छ।
प्रकाशित: ९ मंसिर २०७९ ९:१६
प्रतिक्रिया