कास्की ३(ख) मा कांग्रेसका प्रकाश बराल विजयी

हिमाल प्रेस ९ मंसिर २०७९ ८:२३
6
SHARES
कास्की ३(ख) मा कांग्रेसका प्रकाश बराल विजयी

पोखरा- कास्की क्षेत्र ३ (ख) बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाश बराल निर्वाचित भएका छन्। उनले एमालेका राजीव पहारीलाई मात्र ४६५ मतान्तरले पराजित गरेका हुन्।

पाँचदलीय गठबन्धनका साझा उम्मेदवार बरालले १२ हजार ३ सय ६७ र पहारीले ११ हजार ९ सय २ मत प्राप्त गरे। तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका हरिराम भण्डारीले २ हजार ५ सय ६० मत प्राप्त गरेका छन्। चुनावमा यो क्षेत्रबाट ६ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले जनाएको छ।

यस्तै, कास्की क्षेत्र ३(क) बाट यसअघि एमालेका गणेशमान गुरुङ निर्वाचित भइसकेका छन्। यता प्रतिनिधिसभामा एमालेका दामोदर बैरागीले बाजी मारे।

प्रकाशित: ९ मंसिर २०७९ ८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + three =