निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने देखियो : ओली

हिमाल प्रेस ८ मंसिर २०७९ २०:५७
10
SHARES
निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने देखियो : ओली

बिर्तामोड– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचन मतपरिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा बढेको बताएका छन्।

बिहीबार झापा ५ स्थित निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचित भएको प्रमाण पत्र लिएपछि स्थानीयवासी र मतदातालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

निर्वाचनले मुलुकलाई स्थायित्व र स्थिर सरकार बनाउने आसा गरिए पनि त्यसो हुन नसकेको उनको भनाइ छ। निर्वाचनको परिणाम सुखद् नभएको बताउँदै उनले चुनावमा कसैको बहुमत नआउने भएपछि त्यसले सरकार गठनमा असर पर्ने र देशलाई दुर्घटनातिर लैजाने खतरा बढ्ने जिकिर गरे।

उनले निर्वाचन परिणामले सुरुवातदेखि नै दल तथा सांसदहरूको मोलमोलाई सुरु हुने उल्लेख गरे।  अब सरकार बनाउन र जोगाउन सांसद्‍को क्षमता र योग्यताभन्दा पनि टाउका हेरेर मोलतोल गर्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए।

प्रकाशित: ८ मंसिर २०७९ २०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 4 =