सुनसरी ३ मा एमालेकी चौधरी अगाडि

हिमाल प्रेस ८ मंसिर २०७९ २०:३०
14
SHARES
सुनसरी ३ मा एमालेकी चौधरी अगाडि

इटहरी– सुनसरी ३ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले अग्रता कायम राखेकी छन्।

पछिल्लो मतपरिणामअनुसार चौधरीले ९ हजार ४६९ मत पाएकी छन्। यस्तै सत्तागठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विजय गच्छदार दोस्रो स्थनमा रहेका छन्। गच्छदारले ५ हजार ३७२ मत पाएका छन्।

यसअघि दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली तेस्रो स्थानमा झरेका छन्। उनले ४ हजार ७२० मत पाएका छन्। ०७४ को निर्वाचनमा कांग्रेसका गच्छदारले उनै चौधरीलाई झिनो मतान्तरले पराजित गरेका थिए।

प्रकाशित: ८ मंसिर २०७९ २०:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 14 =