सुर्खेत- सुर्खेत २ (ख) मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विन्दमान विष्ट विजयी भएका छन्। उनले नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतान्तरले पराजित गरेका हुन्। यहाँ ३१ हजार ६८२ मत खसेको थियो।
जसमध्ये विष्टको पक्षमा १३ हजार ९०९ मत आएको छ। एमालेका गौतमको पक्षमा ९ हजार ३३४ मत आएको छ। विष्टविरुद्ध उम्मेदवारी दिएका एकीकृत समाजवादीका मोहनसिंह बडुवालले ६ हजार २१४ मत प्राप्त गरेका छन्।
प्रकाशित: ८ मंसिर २०७९ १८:१२
प्रतिक्रिया