जितेका उम्मेदवारलाई बधाई दिँदै बालेनले भने : काठमाडौँ बनाउन हामी आतुर छौँ

हिमाल प्रेस ८ मंसिर २०७९ १७:०९
36
SHARES
जितेका उम्मेदवारलाई बधाई दिँदै बालेनले भने : काठमाडौँ बनाउन हामी आतुर छौँ काठमाडौँ महानगरपालिकाका मेयर बालेन। फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले काठमाडौँका निर्वाचन क्षेत्रबाट संघीय संसद् भवनको यात्रा तय गरेकाहरूलाई बधाई दिँदै सहकार्यका लागि ‍‍आतुर रहेको बताएका छन्। काठमाडौँका समस्याको दिगो समाधान गर्न सहकार्य आवश्यकता रहेको उनको भनाइ छ।

‘भर्खर सम्पन्न निर्वाचन सबै उम्मेदवारहरूको कोशिसको सम्मान छ। निर्वाचितहरूलाई बधाई र शुभकामना छ। काठमाडौँ महानगरपालिका देशकै राजधानी हो,’ उनले भने, ‘देशभरीका मानिसहरूको प्रत्यक्ष सरोकारका धेरै विषयहरूमा काठमाडौँ महानगर जोडिनु पर्ने अवस्था हुन्छ। काठमाडौँ महानगरभित्रका समस्या, तिनको पहिचान र दिगो समाधानले देशभरि नै सकारात्मक उर्जा र उदाहरण प्रवाह गर्न सक्दछ।’

महानगरको एक्लो प्रयासमा समाधान हुन नसक्ने क्षेत्रहरूमा आपसमा सहकार्य गरेर समाधान गर्ने उनको भनाइ छ। ‘कतिपय समस्या, कार्यक्षेत्र र अधिकारहरु यसरी अन्तरसम्बन्धित हुन्छन् कि महानगरको एक्लो प्रयासले तिनको दिगो समाधान गर्न गाह्रो हुन्छ,’ उनले थपे, ‘खोला किनार व्यवस्थापन, फोहोर व्यवस्थापन, बागमती, टुकुचा, धोबी खोला आदि समस्याहरूको समाधानका लागि संघीय सरकारको स्रोत साधन र सहकार्य आवश्यकता पर्दछ। काठमाडौँ महानगरलाई सुन्दर, स्वस्थ र समतामुलक बनाउन तपाईंहरू सबैको साथ आवश्यक हुनेछ । तपाईहरुसँग सहकार्य गरी काठमाण्डौँ बनाउन हामी आतुर छौँ।’

प्रकाशित: ८ मंसिर २०७९ १७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + sixteen =