समानुपातिकतर्फ एमालेले ६ लाख कटाउँदा कांग्रेसको पाँच लाख ८५ हजार

रास्वपाले कटायो तीन लाख मत

हिमाल प्रेस ८ मंसिर २०७९ १६:३२
316
SHARES
समानुपातिकतर्फ एमालेले ६ लाख कटाउँदा कांग्रेसको पाँच लाख ८५ हजार

काठमाडौँ- प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणना जारी छ। जारी मतगणनामा नेकपा एमालेले सबैभन्दा धेरै मत ल्याएको छ। एमालेले ६ लाख १७ हजार ९२० मत ल्याउँदा नेपाली कांग्रेस ५ पाँच लाख ८५ हजार ३०१ मत ल्याउँदै पछ्याइरहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेसम्म तेस्रो स्थानमा छ। यो पार्टीले समानुपातिक मत तीन लाख कटाएर राष्ट्रिय दल बन्ने पक्का गरिसकेको छ। स्वतन्त्र पार्टीले तीन लाख १४ हजार ५७३ मत ल्याएको छ।

माओवादी केन्द्रले भने स्वतन्त्र पार्टीलाई दुई लाख ८२ हजार ३७५ मत ल्याएर पछ्याइरहेको छ। राप्रपाले एक लाख ५१५ मत ल्याएको छ। जनता समाजवादी पार्टी ७६ हजार ६४७ मत,
नेपाल मजदुर किसान पार्टी ५१ हजार ५९५, जनमत पार्टी ५० हजार ५३५, नागरिक उन्मुक्ति पार्टी ४८ हजार ८८५, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले ४१ हजार ३५५, लोकतान्त्रिक समाजवादी पार्टीले ३४ हजार ५०३ मत ल्याएको छ।

त्यस्तै हाम्रो नेपाली पार्टीले २३ हजार ५०२, राष्ट्रिय जनमोर्चाले १७ हजार ४५, मंगोल नेशनल अर्गनाइजेशनले ११ हजार ४०९ मत ल्याएको छ। अन्य केही दलले भने १० हजार पनि कटाउन सकेका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =