सर्लाहीको ४ (क) मा कांग्रेसका सिंह विजयी

हिमाल प्रेस ८ मंसिर २०७९ ११:३१
2
SHARE
सर्लाहीको ४ (क) मा कांग्रेसका सिंह विजयी

जनकपुरधाम- ‍सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ (क) मा नेपाली कांग्रेसका उम्मेदवार वीरेन्द्रप्रसाद सिंह विजयी भएका छन्। १५ हजार छ सय ९३ मत प्राप्त गरि सिंह विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामबाबु यादवले १४ हजार छ सय १६ मत प्राप्त गरेका छन्।

सिंहसहित सर्लाहीबाट चारजना प्रदेशसभा सदस्यमा यो निर्वाचनबाट पुनः विजयी भएका छन्। पुनः निर्वाचित हुनेमा सर्लाही १ को (ख) मा नेकपा एकीकृत समाजवादीकी बेची लुंगेली र १ (क) मा लोकतान्त्रिक समाजवादी पार्टीका उपेन्द्र महतो तथा ३ (ख) मा जनता समाजवादी पार्टी नेपालका सञ्जयकुमार यादव छन्।

प्रकाशित: ८ मंसिर २०७९ ११:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 1 =