कालीकोटको प्रदेशसभा (क)मा माओवादीका रावत विजयी

हिमाल प्रेस ८ मंसिर २०७९ ९:२६
6
SHARES
कालीकोटको प्रदेशसभा (क)मा माओवादीका रावत विजयी

कालीकोट- कालीकोट प्रदेशसभा (क) मा नेकपा माओवादी केन्द्रबाट गठवन्धनका साझा उम्मेदवार दुर्गबहादुर रावत निर्वाचित भएका छन्। रावत ९ हजार ११ मत ल्याएर विजयी भएका हुन्।

रावतले नेकपा एमालेका कुर्मराज शाहीलाई एक हजार ५९ मतान्तरले पराजित गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुर्मराज शाहीले ७ हजार ९ सय ५२ मत प्राप्त गरेका छन्।

प्रदेश क मा ३५ हजार ३ सय ५१ मतदाता मध्ये कुल खसेको मत १९ हजार ९३१ मत खसेको थियो।

प्रकाशित: ८ मंसिर २०७९ ९:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =