पाँचथर (ख) बाट माओबादीका इन्द्रबहादुर आङ्बो निर्वाचित

हिमाल प्रेस ८ मंसिर २०७९ ७:०२
4
SHARES
पाँचथर (ख) बाट माओबादीका इन्द्रबहादुर आङ्बो निर्वाचित

इटहरी- पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट सत्ता गठबन्धनका उम्मेदवार बनेका माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो (मौसम) निर्वाचित भएका छन्।

नेकपा एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई ३ हजार ६७ मतान्तरले पराजित गर्दै आङ्बो दोस्रो पटक यस निर्वाचन क्षेत्रबाट निर्वाचित भएका हुन्।

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री मन्त्री समेत रहेका आङ्बोलाई १५ हजार ६ सय ७२ मत प्राप्त भएको छ। उनका प्रतिस्पर्धी एमालेका नेम्वाङले १२ हजार ६ सय ५ मत पाए।

उनी यस पटक माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका तर्फबाट साझा उम्मेदवार थिए ।

प्रकाशित: ८ मंसिर २०७९ ७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + thirteen =