जनकपुरधाम- धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादव दोस्रोपटक निर्वाचित भएका छन्।
सत्ता गठबन्धनको साथ पाएका यादव १७ हजार २९ मत ल्याएर दोस्रोपटक निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी जसपा–एमाले गठबन्धनका उम्मेदवार जसपाका जीतेन्द्रकुमार यादवले १३ हजार ४५९ मत पाएका छन्।
त्यस्तै जनमत पार्टीका उम्मेदवार डा प्रसन्न कुमार झाले ७ हजार १८६ मत पाएका छन्।
प्रकाशित: ८ मंसिर २०७९ ६:५६
प्रतिक्रिया