काठमाडौँ-८ मा स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी

हिमाल प्रेस ७ मंसिर २०७९ १०:१०
12
SHARES
काठमाडौँ-८ मा स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी

काठमाडौँ- काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन्। उनी १० हजार १ सय ५ मत ल्याई विजयी भएका हुन्।

श्रेष्ठले उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई ४ हजार २ सय १६ मतान्तरले पराजित गरेका हुन्। पराजित सुमन सायमीले ५ हजार ८ सय ८९ मत ल्याएका छन्। यसअघि श्रेष्ठ विवेकशील-साझाबाट बागमती प्रदेशको सांसद थिए। महर्जनसहित काठमाडौँमा मात्रै स्वतन्त्र पार्टीले तीन ठाउँमा विजयी बनेको छ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =