विश्‍वकपमा साउदीले कतारलाई सघाउने

हिमाल प्रेस ६ मंसिर २०७९ ६:१०
विश्‍वकपमा साउदीले कतारलाई सघाउने

काठमाडौँ– साउदी अरबले फिफा विश्वकपमा कतारलाई सहयोग गर्ने भएको छ। साउदी अरबका युवराज एवम् प्रधानमन्त्री मोहम्मद बिन सलमान अलसाउदले कतारमा जारी विश्वकप फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सघाउने बताएका हुन्।

अलसाउदले आफ्नो सरकारले विश्वकपको समयमा कतारलाई सहयोग गर्ने जनाउँदै सम्बद्ध निकायलाई सहायता उपलब्ध गराउन आदेश दिएको साउदी खेलकुद मन्त्रालयले जनाएको छ। एकमहिनासम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा युवराज अल साउदले कतारका प्रयासमा सघाउन, समर्थन गर्न एवम् थप कोषसमेत उपलव्ध गराउन सरकारी निकायहरूलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ।

सन् २०१७ मा संयुक्त अबर इमिरेट्स, साउदी अरब, बहराइन र इजिप्टले आतङ्वादप्रति कतार नरम रहेको आरोप लगाउँदै दोहासँगको कूटनीतिक सम्बन्ध तोडेका थिए। आफ्नो आर्थिक सफलताबाट ती छिमेकी देश असन्तुष्ट भएको भन्दै उक्त आरोप दोहाले अस्वीकार गर्दै आएको छ।

प्रकाशित: ६ मंसिर २०७९ ६:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =