टिसिएलको ‘फुटबल हंगामा’ योजना

हिमाल प्रेस ५ मंसिर २०७९ १८:१८
12
SHARES
टिसिएलको ‘फुटबल हंगामा’ योजना

काठमाडौँ– एन्ड्रोइड टीभी ब्राण्ड टिसिएलले फिफा वल्र्डकपलाई लक्षित गरेर ‘फुटबल हंगामा’ योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकले टिसिएल टेलिभिजनको खरिद गर्दा नगद छुट र निःशुल्क टिसर्ट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

टिसिएलका कुनै पनि होम इन्टरटेन्मेन्ट र होम एप्लाइन्सको खरिद गर्दा एक जना ग्राहकले बम्पर उपहारमा ६५ इन्चको फोरके टेलिभिजन जित्न सक्नेछन्। ग्राहकले आफूलाई बम्पर उपहारमा सहभागी गराउन टिसिएल टाइप गरी आफ्नो नाम र खरिद गरिएको सामानको वारेन्टी कार्ड नम्बर लेखी ३१००३ मा एसएमएस गर्नुपर्नेछ।

यसका साथै कम्पनीले निःशुल्क डेलिभरी, निःशुल्क इन्स्टलेशन एन्ड डेमो, एक्सचेन्ज अफर र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ। टिसिएल ब्राजिलियन राष्ट्रिय फुटबल टोलीको आधिकारिक विश्वव्यापी प्रायोजक पनि हो। नेपालमा टिसिएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी ईओएल हो।

प्रकाशित: ५ मंसिर २०७९ १८:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =