बाजुरामा मतपेटिकामा आगलागी

हिमाल प्रेस ४ मंसिर २०७९ १५:५५
4
SHARES
बाजुरामा मतपेटिकामा आगलागी फाइल तस्बिर

काठमाडौँ- बाजुराको एक मतदान केन्द्रमा मतपेटिकामा आगजनी भएको छ। जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकास्थित १ भगवती आधारभूत विद्यालय रुढी को’क’ केन्द्रको एक मतपेटिकामा आगजनी भएको हो। मतपेटिकामै आगजनी भएपछि मतदान रोकिएको छ।

बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर बिष्टका अनुसार आगोका कारण प्रदेशसभातर्फको मतपत्रको केही भाग जलेको छ। ‘प्रदेशसभाको समानुपातिक तर्फको मतपेटिका केही जलेको छ। आगो लागेपछि निभाउन पानी हालियो पानीका कारण मतपत्र केही बिग्रेको छ,’ उनले हिमाल प्रेससँग भने,’सर्वदलीय बैठक बसिसकेको छ। पुन: मतदानको तयारी भइरहेको छ।

आगलागीमा संलग्न व्यक्तिको पहिचान नभएको र प्रहरीले अनुसन्धानसहित खोजी गरिरहेको उनको भनाइ छ।

प्रकाशित: ४ मंसिर २०७९ १५:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =