एनसीसी बैंकले ११ प्रतिशत लाभांश दिने

हिमाल प्रेस ३ मंसिर २०७९ १२:५१
एनसीसी बैंकले ११ प्रतिशत लाभांश दिने

काठमाडौँ– नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी)ले ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकको वार्षिक साधारणसभाले ३.३६ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद लाभांससहित ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको हो।

३.३६ प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ११ अर्ब ५१ करोड ४६ लाख रुपैयाँ पुग्नेछ। आर्थिक वर्ष ०७८/७९ मा बैंकको निक्षेप परिचालन २७.७१ प्रतिशतले वृद्धि भई १ खर्ब ४१ अर्ब ५० करोड पुगेकोे छ।

त्यसैगरी बैंकले १ खर्ब २४ अर्ब ८७ करोड खुद कर्जा प्रवाह गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २७ प्रतिशतको बढी हो।

प्रकाशित: ३ मंसिर २०७९ १२:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 5 =