मोरङ : निर्वाचन सफल बनाउन निर्वाचन केन्द्रमा निरीक्षण

हिमाल प्रेस ३ मंसिर २०७९ ९:३८
मोरङ : निर्वाचन सफल बनाउन निर्वाचन केन्द्रमा निरीक्षण

मोरङ- भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभाको  निर्वाचनका लागि मोरङ प्रशासनले जिल्लाभरिका मतदान केन्द्रहरूको सुरक्षा अवस्थाका बारेमा स्थलगत निरीक्षण एवं अनुगमन गरेको छ।

प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, प्रहरी उपरीक्षक शान्तिराज कोइराला, सशस्त्र प्रहरी उपरीक्षक राजकुमार लामिछाने, नेपाली सेनाका प्रमुख अमृतथापा मगरसहितको टोलीले निरीक्षण एवं अवलोकन गरेको हो।

टोलीले मोरङको उत्तरी सिमाना लेटाङ नगरपालिका, वरांगी बीचका मतदान केन्द्र, बेलबारी मतदान केन्द्र र मतगणनास्थलसहित विराटनगर महानगरपालिकाको सरौचियास्थितका शिक्षा सदन मावि, रानी क्षेत्रका मतदान केन्द्रहरुको निरीक्षण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए।

प्रजिअ दाहालले मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मीहरु अत्यन्त उत्साहका साथ काम गरिरहेको बताए। उनले जिल्ला शान्तिसुरक्षाको अवस्था सुदृढ एवं बलियो रहेको भन्दै मोरङको अतिसंवेदनशील ५० र संवेदनशील एक सय १४ सहित आठ सय ३९ मतदान केन्द्र रहेकामा सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाएको बताए।

प्रजिअ दाहालले निर्वाचनका निम्ति सहज वातावरण सिर्जना भएकामा सबैलाई धन्यवाद दिए। प्रजिअ दाहालले मतदान केन्द्रको सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना रहने भएकाले मतदातालाई निर्भिकताका साथ मतदान गर्न आग्रह गरेका छन्।

प्रकाशित: ३ मंसिर २०७९ ९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eighteen =