२५.५७ अंकले बढ्यो नेप्से, १ अर्ब ७१ करोडको कारोबार

हिमाल प्रेस १ मंसिर २०७९ ५:०८ | Thursday, November 17, 2022
२५.५७ अंकले बढ्यो नेप्से, १ अर्ब ७१ करोडको कारोबार

काठमाडौँ- बिहीबार सेयर बजार परिसूचक (नेप्से) २५.५७ अंकले बढेको छ। दोहोरो अंकले बढ्दै नेप्से परिसूचक १९३६.८३ बिन्दुमा उक्लिएको छ।

आज कारोबार रकममा पनि वृद्धि भएको छ। २२३ कम्पनीको ४३ लाख ८४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बिहीबार १७२ कम्पनीको सेयर मूल्य बढेको छ। १३ कम्पनीको मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रह्यो। आज सिक्लेस हाइड्रोपावर लिमिटेड र सयपत्री हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै बोटलर्स नेपाल (तराई) लिमिटेड, रिडी पावर कम्पनी, पञ्चकन्या माई हाइड्रोपावरलगात कम्पनीको मूल्य धेरै बढेको छ।

बिहीबार लगानीकर्ताको आकर्षण पनि जलविद्युत् उपसमूहमा देखिएको छ। यो उपसमूहको सूचक ३.१४ प्रतिशतले उकालो लागेको छ। बिहीबार कारोबार रकमका हिसाबले रिडी पावर कम्पनी पहिलो स्थानमा छ।

यसको १४ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। दोस्रो स्थानमा रहेको शिवम् सिमेन्टको १३ करोड ४० लाख रुपैयाँको कारोबार भयो। हिमालयन डिस्टिलरी लिमिटेडको १० करोड २९ लाखको कारोबार भएको नेप्सेले जनाएको छ।

प्रकाशित: १ मंसिर २०७९ ५:०८ | Thursday, November 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast