हुम्लामा स्वास्थ्य सेवा प्रभावित

हिमाल प्रेस ३० कार्तिक २०७९ ११:२६ | Wednesday, November 16, 2022
हुम्लामा स्वास्थ्य सेवा प्रभावित

सुर्खेत- हुम्लामा स्वास्थ्य सेवा कार्यालयको सेवा प्रभावित भएको छ। कार्यालयले पठाएको विवरण भन्दा फरक तरिकाले कर्मचारी निर्वाचनमा खटाउदा स्वास्थ्य सेवा प्रभावित भएको हो।

जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहले दिएको जानकारी अनुसार ल्याव, फार्मेसी, एक्सरे सेवा र इमरजेन्सीमा कार्यरत स्वास्थ्यकर्मी कार्यालय प्रमुखको जानकारी बिना खटाएले सेवा प्रभावमा समस्या भएको हो।

स्वास्थ्यकर्मी चुनावमा खटिएकाले सेवा प्रवाह बन्द हुने भएकाले सेवाग्राहीको जिम्मेवारी अस्पतालले नलिने समेत सिंहले निकालेको विज्ञप्तिमा जनाएको छ।

प्रकाशित: ३० कार्तिक २०७९ ११:२६ | Wednesday, November 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast