हलमा आजदेखि ‘मीलन’ र ‘भेडिया’

हिमाल प्रेस ९ मंसिर २०७९ १२:१४ | Friday, November 25, 2022
हलमा आजदेखि ‘मीलन’ र ‘भेडिया’

काठमाडौँ- नेपाली फिल्म ‘मीलन’ आजदेखि प्रदर्शनमा आएको छ। टेक पौरखी राईको लेखन र निर्देशनमा बनेको फिल्ममा सलोन बस्नेत, शिल्पा थापा र कुशल शाह ठकुरी मुख्य भूमिकामा रहेका छन्।

उनीहरूबाहेक शिशिर बांग्देल, विशाल पहाडी, जानुका पौडेल, सुमिन, गुरुङ, रेजिना मगर, डेनियल खड्का, करन थापामगरलगायत कलाकारको पनि अभिनय रहेको छ।

त्रिकोणत्मक प्रेमकथामा आधारित फिल्म कविराज गहतराजको कोरियोग्राफी रहेको छ।

फिल्मका गीतमा प्रताप दास, कौशल राज खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किराती आदिको स्वर रहेको छ। संगीत राजु सेन्चुरीको छ।

हिन्दी फिल्म ‘भेडिया’ पनि आज रिलिज भएको छ। फिल्ममा वरुण धवन, कृति सेनन मुख्य भूमिकामा रहेका छन्।

अमर कौशिकको निर्देशन रहेको फिल्ममा वरुण र कृतिबाहेक दीपक डोब्रियाल, अभिषेक बनर्जीलगायत कलाकार पनि रहेका छन्।

प्रकाशित: ९ मंसिर २०७९ १२:१४ | Friday, November 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast