सुर्खेत १ बाट कांग्रेस उपसभापति पुर्णबहादुर खड्का विजयी

हिमाल प्रेस ९ मंसिर २०७९ ६:५० | Friday, November 25, 2022
सुर्खेत १ बाट कांग्रेस उपसभापति पुर्णबहादुर खड्का विजयी
सुर्खेत-  नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ प्रतिनिधिसभाबाट पाँचौ पटक विजय भएका छन्। प्रतिद्वन्द्वी एमालेका धुव्रकुमार शाहलाई ११६१९ मतान्तरले पराजित गर्दै खड्का विजय भएका हुन्।
प्रतिनिधिसभा निर्वाचनमा खड्काले ४२६०७ मत ल्याए भने एमालेका शाहीले ३०९८८ मत ल्याए। यस्तै अन्तिम मतगणनामा मोहम्मद हसरत अली राष्ट्रिय स्वतन्त्र पार्टी ८९७ मत ल्याएर तेस्रो स्थानमा सीमित रहे। उपसभापति खड्का सुर्खेत १ बाट २०४८, २०५१, २०५६ मा प्रत्यक्ष चुनाव जितेर सांसद भएका थिए।
२०६४ सालमा उनी समनुपातिक सांसद बने। २०७० सालमा भएको चुनावमा जितेका खड्का पछिल्लो २०७४ सालको संसदीय चुनावमा भने पराजित भएका थिए। खड्का दुईपटक गृहमन्त्री भइसकेका छन् भने युवा तथा खेलकुद मन्त्री (दुईपटक), सञ्चारमन्त्री र उद्योग वाणिज्य मन्त्रीका रूपमा जिम्मेवारी निभाएको अनुभव छ।
प्रकाशित: ९ मंसिर २०७९ ६:५० | Friday, November 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast