सानिमा बैंकको मुद्दती कर्जा अनलाइनबाटै पाइने

हिमाल प्रेस ११ मंसिर २०७९ १८:१५ | Sunday, November 27, 2022
सानिमा बैंकको मुद्दती कर्जा अनलाइनबाटै पाइने

काठमाडौँ– सानिमा बैंकले मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ।

यसका लागि ग्राहकले बैंकको वेवसाइटमा गएर ‘अप्लाइ लोन अप टू फाइभ लाख्स् अघेन्स्ट एफडी’ मा गएर विवरणहरू भर्नुपर्नेछ।

यसमार्फत मुद्दती खातामा भएको रकमको ९५ प्रतिशत वा पाँच लाखमध्ये जुन कम हुन्छ त्यही रकम दिइने बैंकले जनाएको छ।

सानिमा बैंकले रेमिट्यान्स मुद्दतीमा १३.५१ प्रतिशत, मुद्दतीमा १२.१३३ प्रतिशत ब्याज दिइरहेको छ। त्यस्तै रेमिट्यान्स बचत खातामा १०.१३३ प्रतिशत र बचत खातामा ९.१३३ प्रतिशत ब्याज दिएको बैंकले जनाएको छ।

प्रकाशित: ११ मंसिर २०७९ १८:१५ | Sunday, November 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast