सलोनले गरे करिश्मासँग बिहे

हिमाल प्रेस १२ मंसिर २०७९ १५:०७ | Monday, November 28, 2022
सलोनले गरे करिश्मासँग बिहे

काठमाडौँ- अभिनेता सलोन बस्नेतले आज (मंसिर १२) करिश्मा केसीसँग लगनगाँठो कसेका छन्।

चार वर्ष लामो प्रेम सम्बन्धलाई सलोन र करिश्माले विवाहमा परिणत गरेका छन्। करिश्मा एयर होस्टेस हुन्। नजिकका आफन्त, केही कलाकार र साथीभाइको उपस्थितिमा विवाह भएको हो।

अभिनेता प्रदीप खड्का, निर्देशक दिवाकार भट्टराई लगायतले सलोनलाई सामाजिक सञ्जालमार्फत वैवाहिक जीवनका लागि शुभकामना दिएका छन्।

मंसिर १४ मा बिहेको पार्टी राखिएको छ। मंसिर १० मा पातले वन रिसोर्टमा मेहेन्दी र संगीत कार्यक्रम भएको थियो। जसमा भुवन केसी, पूजा शर्मा, वर्षा राउतलगायत नेपाली सेलिब्रिटी सहभागी भएका थिए।

सलोन अभिनीत फिल्म ‘मीलन’ अहिले सिनेमा हलमा प्रदर्शनरत छ। यसपछि उनी फिल्म ‘जय होस्’मा देखिनेछन्। सलोन निर्देशक शोभित बस्नेतका छोरा हुन्।

सलोनले ‘होस्टल’, ‘गाजलु’, ‘यात्रा’, ‘जय भोले’, ‘डाँडाको वरपीपल’लगायत फिल्ममा काम गरेका छन्। साथै ‘ए मेरो हजुर’ सिरिजको दोस्रो, तेस्रो र चौथो संस्करणमा पनि अभिनय गरेका छन्।

प्रकाशित: १२ मंसिर २०७९ १५:०७ | Monday, November 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast