सजिलो छैन हलिउडमा : प्रियंका चोपडा

हिमाल प्रेस ८ मंसिर २०७९ १३:३८ | Thursday, November 24, 2022
सजिलो छैन हलिउडमा : प्रियंका चोपडा

काठमाडौँ- अभिनेत्री प्रियंका चोपडाले बलिउडदेखि हलिउडका यात्रा तय गरेकी छन्। हिन्दी सिनेमाबाट हलिउड सिनेमासम्मको यात्रा सहज भने नरहेको उनले बताएकी छन्।

तीन वर्षपछि अमेरिकाबाट भारत फर्किएकी प्रियंकाले भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दा हलिउडमा काम पाउन सजिलो नभएको बताएकी छन्।

‘हलिउडमा प्रवेश पाउन सजिलो छैन, त्यसमाथि काम पाउन झनै गाह्रो छ,’ अन्तर्वातामा उनले भनेकी छन्, ‘विशेषगरी एक भारतीयलाई। अमेरिकामा भारतीय हुनु एउटा तीतो सत्य हो। मैले सन् २०१० मा हलिउडमा प्रवेश गरेकी थिएँ। हलिउड भित्रिएको लामो समयपछि मात्र ‘क्वान्टिको’मा मुख्य भूमिका पाएँ।’

फिल्ममा मुख्य भूमिका पाउन निकै संघर्ष गर्नुपर्ने उनले बताएकी छन्। ‘बलिउड र हलिउडका काम गर्ने संस्कृति फरक रहेको छ,’ उनले भनेकी छन्, ‘१० वर्षसम्म मैले सानोतिनो काम त गरेँ तर भने जस्तो काम पाउन लामो समय कुर्नुपर्यो‍।’

‘क्वान्टिको’बाट हलिउडमा डेब्यु गरेकी प्रियंकाले ‘बेवाच’, ‘सकर’, ‘ह्वाट अ म्यान गोटा डू’, ‘द म्याट्रिक्स रिसरेक्सन’, ‘इज नोट इट रोमान्टिक’लगायत फिल्ममा काम गरेकी छन्।

प्रकाशित: ८ मंसिर २०७९ १३:३८ | Thursday, November 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast