यूएईले दियो नेपाललाई १९२ रनको लक्ष्य

हिमाल प्रेस ३० कार्तिक २०७९ ११:५२ | Wednesday, November 16, 2022
यूएईले दियो नेपाललाई १९२ रनको लक्ष्य

काठमाडौँ- पाहुना टिम संयुक्त अरब इमिरेट्स (यूएई) ले दोस्रो एक एकदिवसीय खेलमा नेपाललाई १९२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बुधबार दिउँसाे जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ४३.२ ओभरमा सबै विकेट गुमाएर १९१ रन बनायो।

मोहम्मद वासिम र भृत्य अरविन्दले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए। वासिमले ४६ बलमा ५० रन बनाए भने अरविन्दको नाममा २५ रन रह्योे। त्यसैगरी कप्तान चुन्दागापोयिल रिज्वानले ३४ बलमा २२ रन जोडे।

पहिलो एक दिवसीयमा घरेलु टिममाथि सजिलो विजय प्राप्त गरेको यूएईका लागि मध्यक्रमका आलिशान शाराफुले ३५, बासिल हामिदले २४ र विष्णु शुकुरामले १५ रनको योगदान गरे।

बलिङतर्फ सोमपाल कामी र ललित राजवंशीले तीन–तीन विकेट लिए। त्यसैगरी करण केसी, गुल्शन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक–एक विकेट हात पारे।

प्रकाशित: ३० कार्तिक २०७९ ११:५२ | Wednesday, November 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast