मुगु प्रदेशसभा १ बाट जितबहादुर मल्ल विजयी

हिमाल प्रेस १० मंसिर २०७९ ११:२३ | Saturday, November 26, 2022
मुगु प्रदेशसभा १ बाट जितबहादुर मल्ल विजयी

सुर्खेत- मुगु प्रदेशसभा १ मा नेकपा एमालेका जितबहादुर मल्ल विजयी भएका छन्। मल्लले ६ हजार ६१८ मत ल्याएर विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका गोपालबहादुर बमले पाँच हजार ४४५ मत ल्याएका छन्। एक हजार ७३ भोटको मतान्तरमा मल्ल विजयी भएका हुन्। मल्ल नेकपा एमाले मुगु जिल्लाका अध्यक्ष समेत हुन्।

मल्लसँगै कर्णाली प्रदेश सभामा डोल्पा प्रदेश सभा १मा शेरबहादुर बुढा, दैलेख–२ प्रदेश सभा २ मा विनोदकुमार शाह, सुर्खेत २ प्रदेश सभा १ मा यामलाल कँडेल र जुम्ला प्रदेशसभा २ बाट टेकराज पछाई गरी जम्मा पाँच जना निर्वाचित भएका छन्।

प्रकाशित: १० मंसिर २०७९ ११:२३ | Saturday, November 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast