महोत्तरी ३ बाट महन्थ ठाकुर निर्वाचित

हिमाल प्रेस ९ मंसिर २०७९ १९:०० | Friday, November 25, 2022
महोत्तरी ३ बाट महन्थ ठाकुर निर्वाचित

जनकपुरधाम– महोत्तरी ३ मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन्।

ठाकुर १६ हजार ३७५ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपाल (जसपा)का हरिनारायण यादवले १४ हजार ३२५ मत प्राप्त गरेका छन्। यस्तै, स्वतन्त्र उम्मेदवार राम आधार कापरले १२ हजार ७३३ मत ल्याएका छन्।

यो विजयसँगै ठाकुर दोस्रो पटक संघीय संसद्‍मा पुगेका हुन्।

प्रकाशित: ९ मंसिर २०७९ १९:०० | Friday, November 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast