मन्त्री श्रेष्ठद्वारा मरणोपरान्त अंग दान गर्ने घोषणा

हिमाल प्रेस १ मंसिर २०७९ ११:३१ | Thursday, November 17, 2022
मन्त्री श्रेष्ठद्वारा मरणोपरान्त अंग दान गर्ने घोषणा

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले आफ्ना शरीरका विभिन्‍न अंग मृत्यु पश्चात् अंगदान गर्ने भएका छन्।

मन्त्री श्रेष्ठले मृत्यु पश्चात् मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज, सानो आन्द्रा दान दिने मन्जुरीनामा पत्रमा हस्ताक्षर गरेका छन्।

मन्जुरीनामामा भनिएको छ,‘मेरो मृत्यु पश्चात् मेरो शरीरबाट मृगौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज, सानो आन्द्रा झिकी मृगौला, मुटु, फोक्सो, कलेजो, प्याक्रियाज, सानो आन्द्रा आवश्यक भएको जुनसुकै बिरामी व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न मेरो मन्जुरी भएकोले मानव शरीरको अंग प्रत्यारोपण ‘नियमित तथा निषेध’ ऐन २०५५ को दफा १६ को उपदफा (१) को खण्ड (ख) बमोजिम जानी बुझी स्वेच्छाले यो मञ्जुरीनामा लेखि दिएको छु।’

प्रकाशित: १ मंसिर २०७९ ११:३१ | Thursday, November 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast