मतदान गर्न चितवन पुगे प्रचण्ड, आइतबार बिहानै गोरखा जाने

हिमाल प्रेस ३ मंसिर २०७९ १५:३१ | Saturday, November 19, 2022
मतदान गर्न चितवन पुगे प्रचण्ड, आइतबार बिहानै गोरखा जाने

भरतपुर– नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदानका लागि चितवन आइपुगेका छन्। निर्वाचनमा मताधिकारको प्रयोग गर्न प्रचण्ड शनिबार अपराह्न चितवनस्थित भरतपुर विमानस्थल अवतरण भएका हुन्।

उनले चितवन क्षेत्र ३ स्थित भरतपुर महानगरपालिका- १४ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय शान्तिपुर मतदान केन्द्रमा मताधिकार प्रयोग गर्ने माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए। आइतबार बिहानै मतदान गरेर उनी आफ्नो निर्वाचन क्षेत्र गोरखा जाने कार्यक्रम रहेको अधिकारीले बताएका छन्।

प्रकाशित: ३ मंसिर २०७९ १५:३१ | Saturday, November 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast