बर्दिया २ मा लालवीर विजयी

हिमाल प्रेस ७ मंसिर २०७९ १६:०६ | Wednesday, November 23, 2022
बर्दिया २ मा लालवीर विजयी

बर्दिया– बर्दिया २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भएका छन्। सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई एक सय ३६ मतले पछि पार्दै उनी विजयी भएका हुन्। चौधरीले २६ हजार पाँच सय २० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार तीन सय ८४ मत प्राप्त गरे।

यस्तै नेकपा एमालेका पंकजसिंह राठौरले १६ हजार ९० मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विनय रावलले १३ हजार दुई सय ९२ मत प्राप्त गरेका छन्। विजयी चौधरी नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीका बुबा हुन्।

रेशमको उम्मेदवारी खारेजी भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवारी दिएका लालवीरलाई सहयोग गरेको हो। बर्दिया २ मा १ लाख ५२ हजार ६२ मतदाता रहेकामा ९२ हजार एक सय ९९ मत खसेको थियो भने पाँच हजार तीन सय ८७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: ७ मंसिर २०७९ १६:०६ | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast