प्रिमियर सोमा मन पराइयो ‘मीलन’

हिमाल प्रेस ७ मंसिर २०७९ १३:०० | Wednesday, November 23, 2022
प्रिमियर सोमा मन पराइयो ‘मीलन’

काठमाडौँ- फिल्म ‘मीलन’ मंसिर ९ मा प्रदर्शनमा आउनेछ। फिल्म सार्वजनिक हुनुभन्दा दुईअघि त्यसको प्रिमियर सो गरिएको छ।

प्रिमियर सोमा नेपाली सेलिब्रिटीको उपस्थिति थियो। उपस्थित सहभागीबाट ‘मीलन’ले सकारात्मक प्रतिक्रिया पाएको छ। फिल्मको कथावस्तु, कलाकारको कामको सबैले प्रशंसा गरेका छन्।

टेक पौरखी राईको लेखन र निर्देशनमा बनेको फिल्ममा सलोन बस्नेत, शिल्पा थापा र कुशल शाह ठकुरी मुख्य भूमिकामा रहेका छन्। उनीहरूबाहेक शिशिर बांग्देल, विशाल पहाडी, जानुका पौडेल, सुमिन, गुरुङ, रेजिना मगर, डेनियल खड्का, करन थापामगरलगायत कलाकारको पनि अभिनय रहेको छ।

त्रिकोणत्मक प्रेमकथामा आधारित फिल्म कविराज गहतराजको कोरियोग्राफी रहेको छ। फिल्मका गीतमा प्रताप दास, कौशल राज खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किराती आदिको स्वर रहेको छ। संगीत राजु सेन्चुरीको छ।

प्रकाशित: ७ मंसिर २०७९ १३:०० | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast