काठमाडौँ– जनता समाजवादी पार्टीले पनि प्रतिनिधिसभामा खाता खोलेको छ। पर्सा १ मा जसपाका यादवले यसपटक पनि चुनाव जितेका हुन्। उनी २०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
केहीबेर अघि सकिएको मतगणनामा यादवले २२ हजार ५३७ मत ल्याएका छन्। दोस्रोमा रहेका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले २० हजार ९ सय १७ मत पाएका छन्। उनी कांग्रेसबाट विद्रोह गरेर उम्मेदवार बनेका हुन्।
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लोसपाका लक्ष्मणलाल कर्णले १ हजार १ सय १७ मत मात्र पाएका छन्।
प्रकाशित: ७ मंसिर २०७९ १७:५२ | Wednesday, November 23, 2022
प्रतिक्रिया





