पैसा बाँडेको आरोपमा काठमाडौँबाट एमालेका तीन कार्यकर्ता पक्राउ

हिमाल प्रेस २ मंसिर २०७९ ५:२२ | Friday, November 18, 2022
पैसा बाँडेको आरोपमा काठमाडौँबाट एमालेका तीन कार्यकर्ता पक्राउ

काठमाडौँ– मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोपमा नेकपा एमाले काठमाडौँ क्षेत्र नम्बर ५ बाट शुक्रबार साँझ तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौँ ५ (ख) का उमेदवार दीपक निरौला, बूढानीलकण्ठ-६ का वडाध्यक्ष रवि खडका र एमाले बुनपा नगर अध्यक्ष प्रदीप डंगोललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरी नियन्त्रणमा रहेका क्षेत्र नम्बर ५ (ख) का उमेदवार निरौला आफूहरू बिरामी भेट्न गएको जनाएका छन्। ‘क्यान्सरपीडित तोक्मान लामासँग कुराकानी गरिरहँदा अनाश्यक कुरा निकाली समाज आतंकित पार्ने कार्य नगरेको राम्रो हुन्छ। म राजनैतिक प्राणी हुँ। गैरराजनैतिक काम मेरो आदर्श हैन। आरोप पुष्टि गर्न म चुनौती दिन्छु। सप्रमाण आउनुस्,’ निरौलाले भनेका छन्।

प्रहरी नियन्त्रणमा रहेकामध्ये एक व्यक्तिले भने आफूहरूमाथि नेपाली कांग्रेसका कार्यकर्ताले षड्यन्त्र गरेको दाबी गरेका छन्। उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

प्रकाशित: २ मंसिर २०७९ ५:२२ | Friday, November 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast