पाल्पामा ६८ मत रद्द, रोकिएको मतदान सुरु

हिमाल प्रेस ४ मंसिर २०७९ ११:५६ | Sunday, November 20, 2022
पाल्पामा ६८ मत रद्द, रोकिएको मतदान सुरु

काठमाडौँ- पाल्पाको तानसेन नगरपालिका-६ स्थित जनप्रिय माविको मतदान केन्द्रमा विवाद भएपछि यसअघि खसेका सबै मत रद्द गरेर पुन: मतदान सुरु भएको छ। समानुपातिकतर्फको मतपत्र प्रदेश र प्रतिनिधिसभामा सटपट भएपछि मतदान प्रभावित भएको थियो।

खसेको ६८ मत रद्द गर्ने सहमतिपछि पुनः मतदान सुचारु भएको पाल्पा प्रहरीले जानकारी दिएको छ। रद्द भएको मत खसालेका ६८ जनाले पुन मतदान गर्न पाउने निर्णय सर्वदीय बैठकले गरेको छ।

प्रकाशित: ४ मंसिर २०७९ ११:५६ | Sunday, November 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast