नेपाल वायुसेवाको आन्तरिक उडान दुई दिन रद्द

हिमाल प्रेस २ मंसिर २०७९ ११:४६ | Friday, November 18, 2022
नेपाल वायुसेवाको आन्तरिक उडान दुई दिन रद्द

काठमाडौँ- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडानमा रहेको ट्विनअटर जहाजमा प्राविधिक समस्याका कारण उडान प्रभावित भएको छ।

काठमाडौँबाट भोजपुर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। जहाजमा १५ जना सवार थिए।

आन्तरिक उडानमा उडानयोग्य एक मात्रै जहाजमा प्राविधिक समस्या आएपछि निगमका सम्पूर्ण आन्तरिक उडान रद्द भएका छन्। जहाज ग्राउन्डेड भएपछि शुक्रबार र शनिबार निर्धारित उडान समेत रद्द भएको छ। गन्तव्यमा जान नपाएका यात्रुको भाडा फिर्ता गरिने निगमले जनाएको छ।

निगमसँग आन्तरिक उडानमा तीन थान ट्विनअटर जहाज रहेकामा एउटा जहाज मर्मत नै गर्न नसकिने अवस्थामा छ र अर्को जहाज लामो समयदेखि प्राविधिक मर्मतमा रहेको निगमले जनाएको छ। रासस

प्रकाशित: २ मंसिर २०७९ ११:४६ | Friday, November 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast