नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जरको अन्तिम सम्झौता

हिमाल प्रेस १३ मंसिर २०७९ १५:२४ | Tuesday, November 29, 2022
नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जरको अन्तिम सम्झौता

काठमाडौँ- नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एकापसमा गाभिने भएका छन्। एकापसमा गाभिनेसम्बन्धी अन्तिम सम्झौता आज (मंगलबार) सम्पन्न भएको छ।

दुवै बैंकका सञ्चालक समितिको बैठकले एकापसमा गाभिने अन्तिम सम्झौता स्वीकृत गरी हस्तान्तरण गरेका हुन्। दुवै बैंकका सञ्चालकले स्वीकृत गरी हस्तान्तरण गरेसँगै दुई बैंक मर्जरको बाटो टुंगो लागेको हो।

नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई आगामी पुस २२ गतेसम्म एकापसमा गाभिनका लागि समयसीमा तोकेको छ। राष्ट्र बैंकले तोकिदिएको समयभित्र नै एकापसमा गाभिई एकीकृत कारोबार गर्ने तयारीमा रहेको मर्जर कमिटी सदस्यसमेत रहेका मेगा बैंकका सञ्चालक गोपाल खनालले जानकारी दिए।

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच गत जेठ २७ गते मर्जरको सम्झौता भएको थियो। दुई बैंकबीच १००:९० को स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो। इन्भेष्टमेन्ट बैंकको एक कित्ता शेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुने सहमति दुई बैंकबीच भएको छ।

हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८.३१ अर्ब र मेगा बैंकको १६.१२ अर्ब छ। दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी ३४.४३ अर्ब रूपैयाँ हुनेछ। मर्जरपछि बन्ने संस्थाको अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे बन्ने सहमति भएको छ। संस्थाको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहनेछ।

प्रकाशित: १३ मंसिर २०७९ १५:२४ | Tuesday, November 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast