 
                             
                                            बाँके- नेपालगन्जमा नेपथ्य लाइभ कन्सर्ट हुने भएको छ। मानव सेवा आश्रमले मंसिर २९ गते नेपालगन्ज रंगशालामा मानवताका लागि सांगीतिक यात्रा कन्सर्ट गर्न लागेको हो।
नेपालको चर्चित ब्याण्ड नेपथ्य ब्याण्डसँगको सहकार्यमा मानवसेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालीन अक्षयकोष स्थापनार्थ नेपालगन्जसहित १० शहरहरूमा कार्यक्रम गरिँदैछ।
नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङले मानवता झल्किने र मानवता प्रवद्र्धनमा सहयोग पुग्ने गीतहरू कन्सर्टमा प्रस्तुत गर्नेछन्।
कन्सर्टका लागि कृष्णप्रसाद श्रेष्ठको संयोजकत्वमा मूल समिति गठन गरिएको छ भने ११ वटा विषयगत उपसमितिहरु पनि निर्माण गरिएका छन्। कन्सर्ट हेर्न एक हजार रूपैयाँको टिकट राखिएको छ। टिकट मानवसेवा आश्रमको शाखा वा अनलाइनमा thuprai.com/nepathya र इसेवा esewaevents.com बाट प्राप्त गर्न सकिने छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 