निर्वाचित भएपछि प्रदीप पौडेलले भने : यो जित हामी सबैको हो

हिमाल प्रेस ७ मंसिर २०७९ १६:३८ | Wednesday, November 23, 2022
निर्वाचित भएपछि प्रदीप पौडेलले भने : यो जित हामी सबैको हो

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा काठमाडौँ ५ बाट निर्वाचित सांसद प्रदीप पौडेलले आफ्नो जितलाई सबैको जित भएको बताएका छन्। आज एक विज्ञप्ति जारी गर्दै पौडेलले आफूलाई निर्वाचित गराउने मतदातालाई धन्यवाद दिएका हुन्।

‘यो जित हामी सबैको हो। लोकतन्त्रको सौन्दर्य भनेकै मित्रवत प्रतिस्पर्धा र स्वस्थ निर्वाचन हो। २०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक प्रतिस्पर्धा गरेर हामी सबै निर्वाचनमा सहभागी भयौँ’ उनले भनेका छन्,’यस निर्वाचन मार्फत हामीलाई विश्वास गरेर अत्याधिक मतले विजयी गराउनुहुने सम्पूर्ण आदरणीय मतदाताहरूमा सहृदय आभार व्यक्त गर्दछु।’

प्रकाशित: ७ मंसिर २०७९ १६:३८ | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast