देउवाविरुद्ध निर्वाचन आयोगमा उजुरी

हिमाल प्रेस ३ मंसिर २०७९ १२:५३ | Saturday, November 19, 2022
देउवाविरुद्ध निर्वाचन आयोगमा उजुरी फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। ‘स्थिर समय’मा आचारसंहिता उल्लं‌घन गर्दै मंसिर २ गते डडेलधुरास्थित रातो गुराँस रिसोर्ट प्रालिमा मतदाता बोलाएर आश्वासन दिने, रकम वितरण गरेको आरोप लगाउँदै कारबाहीको मागसहित आयोगमा उजुरी परेको हो।

समाजवादी केन्द्र नेपालका नेता युवराज सफलले देउवालाई कारबाहीको माग गरेका हुन्।  ‘डडेल्धुरा जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मिति २०७९/०८/०२ गते बिहान ११ बजेको समयमा डडेल्धुरास्थित रातो गुराँस रिसोर्ट प्रालिमा निर्वाचन आचारसंहिताको मौन अवधिको व्यापक उलङ्घन गरी आम मतदातालाई बोलाई आश्वासन दिने, आर्थिक प्रलोभन दिँदै जनही ५ हजारको दरले पैसा समेत बाँडेको भनी स्थानीय मतदाताले भनेको भन्ने समाचार आम सञ्चारमाध्यममा प्रकाशन/प्रसारणसमेत भएको तथा सञ्चारमाध्यममा प्रसारित/प्रकाशित भिडियोमा सयौँ जना मतदाताको भीड उल्लेखित रातो गुराँस रिसोर्ट प्रालिमा देखिएको हुँदा निर्वाचन आचारसंहिता विरुद्ध काम गर्ने उम्मेदवार शेरबहादुर देउवालाई हदैसम्मको कारबाही गर्न निर्वाचन आयोग नेपाल, कान्तिपथसमक्ष यो निवेदन इमेलमार्फत पेस गरेको छु’ उजुरी पत्रमा भनिएको छ।

प्रकाशित: ३ मंसिर २०७९ १२:५३ | Saturday, November 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast