 
                             
                                            काठमाडौँ- तनहुँ १बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभामा निर्वाचित भएका छन्। पौडेलले २५ हजार ३१८ मत ल्याएर निर्वाचित भएका हुन्।
नेकपा एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै पौडेल निर्वाचित भए। पौडेलले २५ हजार ३१८ मत ल्याएर निर्वाचित हुँदा रानाले १९ हजार ९४३ मत ल्याए। स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका विनोद घर्तीले २ हजार ४८३ मत ल्याएका छन्।
                            प्रकाशित: ८ मंसिर  २०७९ १०:२६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
 