डोटी १ (क) मा एमालेका मल्ल निर्वाचित

हिमाल प्रेस ७ मंसिर २०७९ १५:२७ | Wednesday, November 23, 2022
डोटी १ (क) मा एमालेका मल्ल निर्वाचित

धनगढी- डोटी क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा नेकपा एमालेका चक्रबहादुर मल्ल निर्वाचित भएका छन्।

सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका डोटी सभापति नरेन्द्रबहादुर सिंहलाई ४५० मतले पछि पार्दै मल्ल विजयी भएका हुन्। मल्लले १५ हजार २ सय ७९ मत ल्याउँदा सिंहले १४ हजार ८ सय २९ मत पाए।

हाम्रो नेपाल पार्टीका उम्मेदवार शैलेन्द्र खड्काले ५ सय ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले ७ सय ५५ मत प्राप्त गरे।

डोटीको प्रदेश सभा (ख) मा माओवादी केन्द्रका शिवसिंह ओली विजयी भएका छन्।

प्रकाशित: ७ मंसिर २०७९ १५:२७ | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast