काठमाडौँ- गुल्मी क्षेत्र नं. २ मा एमालेका गोकर्णराज विष्ट विजयी भएका छन्। उनी २८ हजार ४७६ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एस)की रामकुमारी झाँक्रीले २६ हजार ४४२ मत प्राप्त गरेकी छन्। उनीहरूबीचको मतान्तर २ हजार ३४ रहेको छ।
प्रकाशित: ७ मंसिर २०७९ १३:१६ | Wednesday, November 23, 2022
प्रतिक्रिया



