जोन्टा क्लब अफ काठमाडौँको लैंगिक हिंसाविरुद्ध ‘वाकाथन’

हिमाल प्रेस ११ मंसिर २०७९ १३:३५ | Sunday, November 27, 2022
जोन्टा क्लब अफ काठमाडौँको लैंगिक हिंसाविरुद्ध ‘वाकाथन’

काठमाडौँँ- जोन्टा क्लब अफ काठमाडौँले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि ‘वाकाथन’ आयोजना गरेको छ।

पाँच सयभन्दा बढीको सहभागिता रहेको वाकाथन दरबारमार्गबाट सुरु भएर वसन्तपुर दरबार स्क्वायरमा पुगेर समापन भएको थियो। वाकाथनको अन्त्यमा लैंगिक हिंसाविरुद्धको सन्देश बोकेको सडक नाटकको प्रदर्शन गरिएको थियो।

नोभेम्बर २५ देखि १० डिसेम्बरसम्म संयुक्त राष्ट्र संघले मनाइरहेको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानलाई समर्थन गर्दै ‘वाकाथन’ आयोजना गरिएको जोन्टा क्लबले जनाएको छ।

संयुक्त राष्ट्र संघको यस वर्षको नारा ‘महिला र बालिकाविरुद्ध हुने हिंसा अन्त्य गर्न एक होऔँं’ रहेको छ।

प्रकाशित: ११ मंसिर २०७९ १३:३५ | Sunday, November 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast