जिल्लाजिल्लामा मतगणना सुरु

हिमाल प्रेस ५ मंसिर २०७९ ७:४६ | Monday, November 21, 2022
जिल्लाजिल्लामा मतगणना सुरु

काठमाडौँ– प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनाका जिल्लाजिल्लामा मतगणना सुरु भएको छ। केही जिल्लामा मतगणनाको तयारी हुँदैछ। यस्तै केही जिल्लामा मतपेटिका संकलन भइरहेको सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले जनाएका छन।

झापाको एक स्थानमा मतगणना सुरु भएको छ भने चार स्थानमा तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिए। उनका अनुसार झापा क्षेत्र नं २ को गणना बिहान ३ः३० बजेदेखि सुरु भएको छ भने क्षेत्र नं ३ र ५ को मतगणना बिहान ८ सुरु हुनेछ।
क्षेत्र नं १ र ४ को मतगणनाका लागि सर्वदलीय बैठक बस्न लागेको प्रमुख निर्वाचन अधिकृत नेपालले जानकारी दिए।

कास्की निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु भएको छ। सर्वदलीय सहमतिका आधारमा राति २ बजेदेखि मतगणना सुरु गरिएको हो।

प्रतिनिधिसभातर्फ क्षेत्र नं २ मा गठबन्धनकातर्फबाट श्रीनाथ बराल, नेकपा एमालेका विद्या भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेललगायतको उम्मेदवारी छ।

क्षेत्र नं २ (१) मा गठबन्धनका तर्फबाट विश्वप्रकाश लामिछाने, नेकपा एमालेका तर्फबाट भीम कार्की, राष्ट्रिय नागरिक पार्टीका तर्फबाट चेतबहादुर महतलगायत उम्मेदवारी छ भने प्रदेशसभा (२) मा गठबन्धनका तर्फबाट विन्दुकुमार थापा, एमालेका तर्फबाट मीना गुरुङलगायतको उम्मेदवारी छ।

यस्तै ललितपुर निर्वाचन क्षेत्र नं २ र ३ को पनि मतगणना आज बिहान २ बजदेखि सुरु भइसकेको छ। ललितपुर क्षेत्र नं २ को सातदोबाटोस्थित राष्ट्रिय खेदकूद परिषद् परिसर र क्षेत्र नं ३ को जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना जारी छ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत भक्तपुरमा मतगणना सुरु भएको छ। भक्तपुर क्षेत्र नं २ को मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिक केन्द्रमा राति १ बजेर ५० मिनेटदेखि मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए।

प्रकाशित: ५ मंसिर २०७९ ७:४६ | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast