जब जेनिफरको प्रोफाइल फोटो कालो भयो…

हिमाल प्रेस ८ मंसिर २०७९ १५:५८ | Thursday, November 24, 2022
जब जेनिफरको प्रोफाइल फोटो कालो भयो…

काठमाडौँ- अमेरिकी गायिका जेनिफर लोपेज सामाजिक सञ्जालमा सक्रिय रहन्छिन्। सोसल मिडियामा उनले आफ्ना तस्बिर र भिडियो अपडेट गरिरहन्छिन्। त्यसमार्फत उनले आफ्ना प्रशंसकसँग अन्तरक्रिया गर्ने गर्छिन्।

हिजो (नोभेम्बर २३)मा उनको फेसबुकको प्रोफाइल र कभरमा रहेका तस्बिरमा कालो रङ देखियो। एक्कासि त्यो देख्नेबित्तिकै उनका प्रशंसक अतालिए। तस्बिरमा उनलाई फलो गर्नेका ह्वारह्वार्ती कमेन्ट आउन थाले।

उनी कुनै समस्यामा परेको आकलन धेरैले गरे। कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको तस्बिरमा ‘आशा छ सबै ठीक छ’ भनेर कमेन्ट लेखे।

कतिपयले भने जेनिफरको घरपरिवारमा कसैको मृत्यु पो भयो कि भनेर ‘सरी फर योर लस’ भन्दै कमेन्ट गरे।

तर पछि जेनिफरले पूरै कालो तस्बिर हटाएर त्यसमा आफ्नो हस्ताक्षर भएको फोटो राखिन्। त्यसपछि धेरैले जेनिफरले आफ्नो नयाँ प्रोजेक्टका लागि यस्तो गरेको हुन सक्ने अनुमान गरे। यसलाई उनको उत्कृष्ट मार्केटिङ रणनीति भने।
कोही-कोहीले भने आफूलाई जेनिफरको हस्ताक्षर मन पर्ने भन्दै कमेन्ट लेखे।

गत सेप्टेम्बर १ मा जेनिफरले हलिउड अभिनेता बेन एफ्लेकसँग बिहे गरेकी थिइन्। कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले वैवाहिक सम्बन्ध चिसो भएको आंशकासमेत गरे।

प्रकाशित: ८ मंसिर २०७९ १५:५८ | Thursday, November 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast