जति हारगुहार गरे पनि उम्मेदवारीमा महिलाको संख्या बढ्न सकेन : प्रमुख निर्वाचन आयुक्त थपलिया

हिमाल प्रेस २ मंसिर २०७९ ९:२८ | Friday, November 18, 2022
जति हारगुहार गरे पनि उम्मेदवारीमा महिलाको संख्या बढ्न सकेन : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले जति हारगुहार पनि उम्मेदवारीमा महिलाको संख्या बढ्न नसकेको बताएका छन्।

आमनिर्वाचन पर्यवेक्षण समितिले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै थपलियाले भने, ‘हामीले जति हारगुहार गरे पनि उम्मेदवारीमा महिलाको संख्या बढ्न सकेन।’ यद्यपि प्रमुख आयुक्त थपलियाले टिकट दिने विषय दलको रहेको बताए।

उनले भने, ‘दलले टिकट दिने विषयमा आयोग प्रवेश गर्न मिलेन। प्रवेश गर्न पाउने भएमा हामी ३३ प्रतिशत महिलाको उम्मेदवारी नभएसम्म लिँदैन थियौँ।’ थपलियाले निर्वाचन आयोगले कसैलाई पनि नरोकेको स्पष्ट पारे। उनले भने, ‘आयोगमा मैले उम्मेदवारी दिन पाइनँ भनेर कोही आएको छैन।’

प्रकाशित: २ मंसिर २०७९ ९:२८ | Friday, November 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast