चार महिनामा १९.११ प्रतिशत राजस्व संकलन, १९.५७ प्रतिशत खर्च

हिमाल प्रेस १ मंसिर २०७९ ५:१९ | Thursday, November 17, 2022
चार महिनामा १९.११ प्रतिशत राजस्व संकलन, १९.५७ प्रतिशत खर्च

काठमाडौँ– चालु आर्थिक वर्ष ०७९/८० को चार महिना (साउन-कात्तिक) सम्म कुल ३ खर्ब ५० अर्ब ९८ करोड रुपैयाँ खर्च भएको छ। यो चालु आर्थिक वर्षको बजेटको १९.५७  प्रतिशत हो।

महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिकसम्म चालुतर्फ २ खर्ब ८१ अर्ब ३८ करोड रुपैयाँ खर्च भएको छ। यो चालु शीर्षकमा छुट्याइएको बजेटको २३.७८ प्रतिशत हो। यो आवका लागि सरकारले चालु शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड बजेट विनियोजन गरेको छ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार कात्तिक मसान्तसम्म पुँजीगततर्फ २६ अर्ब २९ करोड ६१ लाख मात्रै खर्च भएको छ। चालु आवमा यो शीर्षकमा ३ खर्ब ८० अर्ब ३८ करोड बजेट विनियोजन गरिएको छ। खर्च भएको रकम विनियोजित बजेटको ६.९१ प्रतिशत हो।

वित्तीय व्यवस्थापन शीर्षकमा २ खर्ब ३० अर्ब २१ करोड बजेट छुट्याइएको थियो। यसमध्ये ४३ अर्ब ३३ करोड खर्च भएको छ। यो १८.८१ प्रतिशत हो।

चार महिनाको अवधिमा सरकारको राजस्व संकलन १९.११ प्रतिशत रहेको छ। चालु आवमा १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ राजस्व उठाउने सरकारी लक्ष्य छ। चार महिनाको अवधिमा २ खर्ब ६८ अर्ब ७ करोड राजस्व उठेको छ।
जसमध्ये कर राजस्वतर्फ १८.९७ प्रतिशत अर्थात् २ खर्ब ४५ अर्ब ७८ करोड र गैरकर राजस्वतर्फ २०.६८ प्रतिशत अर्थात् २२ अर्ब २८ करोड उठेको छ।

साउन-कात्तिकको अवधिमा सरकारलाई जम्मा ३ अर्ब ४१ करोड ५९ लाख वैदेशिक अनुदान प्राप्त भएको छ। जुन वार्षिक लक्ष्यको ६.१६ प्रतिशत मात्रै हो। चालु आवका लागि सरकारले ५५ अर्ब ४५ करोड ८३ लाख वैदेशिक अनुदान लिने लक्ष्य राखेको छ।

प्रकाशित: १ मंसिर २०७९ ५:१९ | Thursday, November 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast