गुल्मीमा घट्यो धान उत्पादन

हिमाल प्रेस ११ मंसिर २०७९ ९:४८ | Sunday, November 27, 2022
गुल्मीमा घट्यो धान उत्पादन फाइल तस्बिर।

गुल्मी- गुल्मीमा यसपटक धान उत्पादनमा कमी आएको छ। गत वर्ष जिल्लामा २७ हजार ८०७ मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष २३ हजार ७१८ मेट्रिकटन मात्र उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

सुरुमा खडेरी परेको, फूल खेल्ने बेलामा पानी र हावा लागेको कारण धेरै पोकटो भएको पाइएको छ। धान पाक्ने बेलामा पनि पानी पर्दा धान झरेको कारण यस वर्ष धानखेतीमा कमी आएको केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले जानकारी दिएका छन्। गत वर्षभन्दा यस वर्ष वर्षे धान उत्पादनमा १४ प्रतिशतले कमी आएको उनले बताए।

जिल्लामा चैते धान ३ सय ४१ हेक्टरमा र वर्खे धान ८ हजार ६ सय ७० हेक्टरमा गरी कुल ९ हजार ११ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ।

प्रकाशित: ११ मंसिर २०७९ ९:४८ | Sunday, November 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast