गठबन्धन गरे पनि अपेक्षित मत पाइएन : प्रचण्ड

हिमाल प्रेस ९ मंसिर २०७९ १८:२४ | Friday, November 25, 2022
गठबन्धन गरे पनि अपेक्षित मत पाइएन : प्रचण्ड

गोरखा– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गाउँगाउँमा पुगेको सिंहदरबारको अधिकार उल्ट्याउने चेस्टालाई कुनै पनि हालतमा पूरा हुन नदिने बताएका छन्।

शुक्रबार गोरखा सदरमुकाममा आयोजित सत्तागठबन्धनको धन्यवादसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। झण्डै ७५ वर्ष लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारलाई खोस्न नदिइने उनको भनाइ छ।

यतिबेला सबै दलका नेताहरूमा देश दुर्घटनातिर जाने हो कि? भन्ने आशंका पैदा भएको भन्दै अध्यक्ष दाहालले यसको रोकथामका लागि राजनीतिक नेतृत्वले अब फरक ढंगबाट गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको उल्लेख गरे।

‘देश भूमरीमा पर्ने स्थिति स्वीकार्य छैन, गम्भीर समीक्षा गर्ने बेला आएको छ,’ उनले भने।

निर्वाचन सफल भए पनि गठबन्धनमा अपेक्षा गरेअनुसार परिणाम नआएको उनले तर्क गरे। पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले निर्वाचनका बेला आएर आफूले गरेको प्रतिबद्धता पूरा गर्ने स्पष्ट पारे।

‘मैले गोरखामा आएर उम्मेदवारी दिँदै गर्दा विभिन्न समयमा जनताको अगाडि गरेका कबुल पूरा गर्नेछु। सुशासन र समृद्धि राजनीतिक परिवर्तनको दिगोपनका लागि नयाँ काम थाल्नेछु,’ उनले भने।

प्रकाशित: ९ मंसिर २०७९ १८:२४ | Friday, November 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast